Comments Add Comment

एनसेल निःशुल्क टि्वटरको समयावधि तीन महिना थपियो

१० भदौ, काठमाडौं । एनसेलले ग्राहकहरुलाई प्रदान गर्दै आएको निःशुल्क टि्वटर अफरको समयावधि तीन महिनाको लागि थप गरेको छ ।

एनसेलले जेठ १३ गतेबाट लागु गरेको निःशुल्क टि्वटर योजनाको अवधि यहि भदौ १० गते सकिँदै थियो । मंगलबार गरेको म्याद Ncell-Towerथपसँगै एनसेलका ग्राहकले लोकप्रिय माइक्रो-ब्लगिङ्ग सञ्जाल टि्वटर थप ९० दिनसम्म निःशुल्क चलाउन सक्ने भएका छन् ।
योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहकले मोवाइलबाट ट्विटरसाइट मार्फत तथा कनेक्ट प्रयोगकर्ताले कम्प्युटरबाटै निःशुल्क टि्वट गर्न, अरुको टि्वट पढ्न, अरुलाई फ्लो गर्न तथा आफ्ना फलोवरहरुलाई सन्देश पठाउन सक्ने कम्पनीले बताएको छ ।

ओपेरा मिनी ब्राउजर भर्सन ४.४ वा सो भन्दा माथिल्लो भर्सन चलाउने ग्राहकले पनि निःशुल्क टि्वटर चलाउन पाउनेछन् । कम्पनीका अनुसार निःशुल्क टि्वटरको अफर नयाँ एनसेल प्रयोगकर्तालाई पनि लागु हनेछ र सुविधा वापत कुनै सेवा शुल्क लाग्दैन ।

‘आफ्ना ग्राहकको माग तथा अभिव्यक्तिको स्वतन्त्रतालाई कदर गर्दै हामीले टि्वटर जिरो अफरको समयावधि थपेका हौं । यसले हाम्रा ग्राहकलाई विशेष मूल्य प्रदान गर्ने विश्वास छ’ एनसेलकी कर्पोरेेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन् ।

यो अफरले टि्वटरमा रहेको वाह्य लिंकलाई भने समेट्दैन । अर्थात, टि्वटरमा रहेको वाह्य लिंक क्लिक गरि अन्य साईट हेर्दा नियमित शुल्क लाग्ने बताइएको छ । मोवाइल प्रयोगकर्ताले यस्ता लिंकमा क्लिक गरेमा नियमित शुल्क लाग्ने सूचना प्राप्त गर्ने र त्यसलाई स्विकार गरेमा मात्र ती साईटहरु खुल्नेछन् ।

प्राविधिक कारणले गर्दा टि्वटर जिरो ओपेरा मिनी वाहेक अन्य प्रोक्सी ब्राउजर रहेको मोवाइल सेटमा भने उपलब्ध नहुने कम्पनीले बताएको छ । यस्ता सेट/ब्राउजरबाट टि्वटर चलाउदा नियमित डेटा शुल्क लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment