Comments Add Comment

‘लोलुफेरा’ पदयात्रा बागलुङमा

११ भदौ, बागलुङ । पश्चिमाञ्चलका पर्यटकीय गन्तव्यस्थल समेटेर ‘लोलुफेरा’ पदमार्ग निर्माणको सम्भाव्यता अध्ययनको लागि सुरु भएको पदयात्रा बागलुङ आइपुगेको छ ।

प्राविधिकसहित पाँच जना सम्मिलित पदयात्रा यही भदौ १ गते पोखरा फेवाताल किनारबाट सुरु भएको हो ।

करिब दुई महिना लामो पदयात्रा बागलुङका विभिन्न पर्यटकीय क्षेत्र, पोखराको फेवाताल, बौद्धस्तुपा, पुम्दीभुम्दी, पञ्चासे, पर्वतको, चित्रे, हम्पालको लेक, डिमुवा, कुष्मा हुँदै बागलुङ प्रवेश गरेको मञ्चका संयोजक कृष्ण केसीले बताए ।

असोज २५ गतेसम्म चल्ने पदयात्रा ढोरपाटन हुँदै मुगुको राराताल त्यसपछि उपल्लो मुस्ताङको लोमान्थाङ हुँदै लुम्बिनी पुगेर टुङ्गिने जानकारी उनले दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment