१३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि भारत प्रस्थान गरेका छन् ।

ओली शुक्रबार साँझ ६ बजे जेट एयरवेजको उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
उनले नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा डा अनन्तकुमारलगायत चिकित्सकसँग मिर्गाैलासम्बन्धमा नियमित स्वास्थ्य जाँच गराउनेछन् ।
ओलीलाई बिदाइ गर्न उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतम, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ, सभासद् डा राजन भट्टराई, वैकल्पिक केन्द्रीय सदस्य नीरु पाल र खिमलाल भट्टराई, युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतलगायत नेता विमानस्थल पुगेका थिए ।
अध्यक्ष ओलीका साथमा धर्मपत्नी राधिका र नातेदार राजेश वज्राचार्य पनि दिल्ली गएका छन् ।
यसैबीच अध्यक्ष ओलीले आˆनो अनुपस्थितिमा कावा अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष गौतमलाई सुम्पेको पार्टी सचिव पृथ्वीसुब्बा गुरुङद्वारा ारी विज्ञप्तिमा जनाइएको छ । रासस
प्रतिक्रिया 4