Comments Add Comment

सभासद भएकै दिन गणेश थापाविरुद्ध अदालतको अवहेलना मुद्दा

१३ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापा सभासदमा मनोनित भएकै दिन उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ ।

Ganesh-thapaफ्रेन्ड्स क्लवले एन्फासँगै अध्यक्ष गणेश थापा र महासचिव धिरेन्द्र प्रधानविरुद्ध पुनारवेदन अदालत पाटनमा मुद्दा दायर गरेको हो । शुक्रबार नै एन्फा अध्यक्ष थापालाई मन्त्रिपरिषद्ले राप्रपा नेपालको कोटाबाट सभासदमा मनोनित गरेको छ ।

अदालतमा दायर मुद्दा फिर्ता लिन दबाव दिएर अदालतको अपहेलना गरेको निवेदकको दावी छ । ए डिभिजन लिगमा रेफ्रीले धाँधली गरेको र छानविन नै नगरी आफूहरुलाई कारबाही गरेको भन्दै फ्रान्ड्सले एन्फाविरुद्ध २०७० माघ २० गते पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो ।

तर, मुद्दा विचाराधिन रहेको अवस्थामा नै एन्फाले खेलको मुद्दा अदालतमा लैजान नमिल्दै भन्दै फिर्ता लिन चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment