+
+
Shares

नेपाल एक्सप्रेसले ३४ र सेवा विकासले २० प्रतिशत बोनस दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १६ गते १३:२१

१६ भदौ काठमाडौं । आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई नेपाल एक्सप्रेस फाइनान्सले  ३४ प्रतिशत र सेवा विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेका छन् ।

राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारण सभापछि मात्रै यो निर्णयको कार्यान्वयन हुन्छ ।

नेपाल एक्सप्रेसले अघिल्लो वर्ष ९.५० प्रतिशत र सेवा विकासले १२ प्रतिशत बोनस सेयर दिएका थिए ।

बोनस सेयर वितरणपछि नेपाल एक्सप्रेसको चुक्ता पुँजी ८६ करोड ७६ लाख र सेवा विकासको ३२ करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?