Comments Add Comment

नेपाल प्रहरीद्वारा बाढी पहिरो पीडितका लागि दुई करोड एक लाख प्रदान

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल प्रहरीले दुई करोड एक लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बाढी पहिरो पीडितको सहयोगका लागि उक्त सहयोग रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

प्रहरीले हवल्दारसम्मका प्रहरीबाट आधा दिनको, कनिष्ठ प्रहरी अधिकृतबाट एक दिनको र वरिष्ठ प्रहरी अधिकृतबाट दुई दिनको तलब कट्टागरी रकम संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment