Comments Add Comment

घुस लिएको ५० हजारसहित नापी सर्वेक्षक यादव पक्राउ

१८ भदौ, काठमाडौं । घुस लिएको ५० हजार रकमसहित नापी कार्यालय चावहिलका नापी सर्वेक्षक शिवनारायण यादव पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ओम अस्पताल परिसरबाटै पक्राउ गरेको हो ।

उनले जग्गाको कित्ताकाट गर्न नापी कार्यालयमा निवेदन दिएका कपनका एक सेवाग्राहीसँग रकम मागेका थिए ।

पटक-पटक रकम मागेपछि अख्तियारमा उनले उजुरी गरेको र रकम कारोबार हुन लागेको सूचनाका आधारमा खटिएको टोलीले यादवलाई रकम लेनदेन गरी बाहिर निस्कँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment