Comments Add Comment

बाढी पीडितका लागि वर्ल्ड लिंकको ५ लाख सहयोग

worldlink-help

१९ भदौ, काठमाडौं । बाढी तथा पहिरो पीडितहरुको राहतका लागि वर्ल्ड लिंक कम्युनिकेशन्सले ५ लाख सहयोग गरेको छ ।

वर्ल्ड लिंकका प्रबन्ध निर्देशक दिलिप अग्रवाल र कार्यकारी निदेशकहरु विजय जलान र मनोज अग्रवालले संयुक्त रुपमा सहयोग रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

प्रधानमन्त्री कोइरालाले सहयोगका लागि धन्यवाद दिँदै सहयोग रकमको शतप्रतिशत सदुपयोग गर्ने विश्वास दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment