Comments Add Comment

फियटको ‘पुन्टो इभो’ अटो मेलामा, मूल्य २७ लाख

NADA Auto Show (4)

काठमाडौं । फियट गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले मेलामा नयाँ कार सार्वजनिक गरेको छ । कम्पनीले फियटको पुन्टो इभो बिहीबार दिउँसो मेलामा सार्वजनिक गरेको हो ।

पुन्टो इभो अपग्रेडेड प्रिमियम ह्याचव्याक भर्सन हो । यसअघि बजारमा आएको फियट पुन्टोले पनि ग्राहकको राम्रो मायाँ पाएको थियो । पुन्टो इभोको नेपालमा २६ लाख ९५ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

पुन्टो इभोको एउटामात्र भेराइटी मेलामा ल्याएको कम्पनीले विस्तारै अन्य भेराइटी पनि ल्याउने जनाएको छ । अन्य भेराइटी पनि बजारमा आएपछि पुन्टो इभोको मूल्य २४ लाख ९५ हजार रुपैयाँबाट सुरु हुनेछ ।

NADA Auto Show (1)

कम्पनीका अनुसार पुन्टो इभो एक्टीभा, पुन्टो इभो डाइनामिक, पुन्टो इभो इमोशन र पुन्टो इभो स्पोर्ट ९३ गरी ४ वटा मोडल उपलब्ध हुनेछन् ।

पुन्टो इभो नेपाली सडक सुहाउँदो रहेको कम्पनीका मूख्य महाप्रबन्ध सुरज मानन्धरले बताए । पछिल्लो प्रविधि प्रयोग गरिएको पुन्टो इभो डिजेल र पेट्रोल दुबै इञ्जिनमा उपलब्ध हुने बताइएको छ । अहिले भने पेट्रोल इञ्जिनमा मात्र उपलब्ध रहेको छ ।

१२ सय सीसीको पुन्टो इभोले प्रतिलिटर १५.८ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । पुन्टो इभो सरप्राइजिङ, स्माइलिटङ, स्टाइलिस, सिम्पल र स्पीडी कार भएको कम्पनीले जानकारी दिएको छ ।

NADA Auto Show (2) NADA Auto Show (3)Fiat-Putno-Evo-New

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment