Comments Add Comment

विकासमा अवरोध गर्ने बिलाएर जान्छन् : प्रधानमन्त्री

१९ भदौं, काठमाण्डौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण र विकासमा अवरोध गर्ने शक्ति विलाएर जाने बताएका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बिहीबार आयोजित शान्ति तथा पुनर्निर्माण मन्त्रालय स्थापना भएदेखि सरकार र विभिन्न राजनीतिक दल र समूहबीच भएका सम्झौता कार्यान्वयन सिफारिस आयोगको प्रतिवेदन बुझ्दै कोइरालाले संविधान निर्माणको काम समयमा पूरा हुने बताए ।

मुुलुकले राजनीतिक, संवैधानिक र विकासको निकास एकसाथ पाउन लागेको उनको भनाइ थियो ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा न्याय, कानून र शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यले आयोगले प्रस्तुत गरेको सिफारिसले शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन र संविधान लेखनलाई सहयोग हुने बताए ।

आयोगका अध्यक्ष पुनरावेदनका पूर्व मुख्य न्यायाधीश केशवप्रसाद मैनालीले प्रतिवेदनमा राज्य पुनसंरचना, निर्वाचन प्रणाली, नागरिकता, समावेशीताका सन्दर्भमा सुझावहरु समेटिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment