Comments Add Comment

बाघको आक्रमणबाट एक बालिकाको मृत्यु

२० भदौ, काठमाडौं । बेग्ला बेग्लै घटनामा २ बालिकाको मृत्यु भएको छ । अर्घाखाँचीमा बाघको आक्रमणमा परी तथा चितवनमा खोलाले बगाएर उनीहरुको ज्यान गएको हो ।

बाघको आक्रमणबाट गएराति अर्घाखाँचीकी सुजता विकको ज्यान गएको छ ।
सन्धिखर्क नगरपालिका-१० किमडाडा निवासी ५ वर्षकी सुजाताका आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा बाघले आक्रमण गर्दा मृत्युभएको हो ।

बिहीबार साँझ पौने ७ बजे घरको आँगनमा खेलिरहेको अवस्थामा एक्कासि बाघले झम्टिएको थियो । बाघले झम्टिएको देखेपछि घरका अन्य सदस्य चिच्याएर बाघको फन्दाबाट बालिकालाई फुत्काएका थिए ।
आक्रमणबाट गम्भीर घाइते भएकी बालिकालाई जिल्ला अस्पतालमा लगिएपछि उपचारको सिलसिलामा मृत्युभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

खोलाले बगाएर बालिकाको ज्यान गयो

यसैबीच चितवनको विकट कोराक नजिकै लोथर खोलाले बगाएर एक बालिकाको मृत्युभएको छ ।
चितवनको पिप्ले-६ रानीवासकी मोरियम चेपाङको खोलाले बगाएर मृत्युभएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।
लोथर खोला तरेर कोराकको थाकलटार जान लागेका बेला स्थानीय सरोज चेपाङकी छोरी ५ वर्षकी मोरियमको खोलाले बगाएर मृत्यु भएको हो ।
बिहीबार दिउँसो खोलाले बगाएर बेपत्ता भएकी उनको शव राति फेला पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment