Comments Add Comment

कांग्रेस समर्थित पत्रकार पोखरामा भेला हुँदै

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशनमा भाग लिन देशभरका करिब १३ सय पत्रकार पोखरा पुग्दैछन् ।

Press Unionयुनियनको महाधिवेशन शनिबारदेखि पोखरामा शुरु हुँदैछ । महाधिवेशनमा देशभरका १२ सय ७० प्रतिनिधिले भाग लिने कार्यवाहक अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

यसअघि असारमा तोकिएको महाधिवेशन कांग्रेस पार्टीको निर्देशनपछि स्थगित भएको थियो ।
महाधिवेशनबाट नेतृत्वमा पुग्न दुई सयभन्दा बढी पत्रकारले विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष पदमा हालका कार्यवाहक अध्यक्ष बद्री सिग्देल, महासचिव शिव लम्साल, पूर्वमहासचिव विन्दूकान्त घिमिरे र सचिव भुवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् ।

लम्साललाई कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी, दिलेन्द्र बडु, मिनेन्द्र रिजालसहित बसेर अध्यक्षको उम्मेदवार तोकी प्यानल घोषणा गरेपछि श्रमजीवी पत्रकारको ठूलो हिस्साले बिरोध गरेको छ ।

लम्साललाई नेताहरुले उम्मेदवार बनाएपछि अध्यक्षका दावेदार गंगाधर पराजुली, दामोदर दवाडी, रामप्रसाद दाहाललगायतले विरोध जनाएका छन् ।

‘पत्रकारको अध्यक्ष को बनाउने भन्ने उनीहरुले निर्धारण गर्ने हो, पार्टीका नेताहरुले टिकाउ लगाउनुजस्तो लज्जास्पद घटना केही पनि होइन’ महासचिवका दाबेदार लीलाराज खनालले भने ।

उता कार्यवाहक अध्यक्ष बद्री सिग्देलले भने आफू प्यानल बनाएर चुनाव नलड्ने बताए । उनले अध्यक्ष किरण पोखरेलको राजीनामा पछि आफू कार्यवाहक भएकाले महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहेको बताए ।

अध्यक्षको आफू स्वभाविक दाबेदार भएको भन्दै उनले आफूलाई वास्तविक पत्रकारहरुको समर्थन रहेको बताए ।
लम्साललाई कांग्रेस संस्थापन पक्षको उम्मेदवार भनिएको छ । यद्यपी सभापति एबम् प्रधानमन्त्री सुशील कोइरालाले अशन्तुष्टि जनाएको स्रोतले जनाएको छ ।

सिग्देललाई देउवा पक्षको उम्मेदवार भनिएको छ । देवा पक्षकै विन्दूकान्त घिमिरे पनि संस्थापन पक्षले शिव लम्साल अघि सारेपछि अशन्तुष्ट बनेका पत्रकारहरुको समेत साथ लिएर अध्यक्ष बन्न खोजेका छन् ।

कसलाई कसको साथ ?

सिग्देललाई नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, बिष्णु निष्ठुरीसहित पुरुषोत्तम दाहाल, देवप्रकाश त्रिपाठी, बबिता बस्नेत, परशु घिमिरे, पोषण केसी, समीरजंग शाहलगायतले साथ दिएका छन् ।
त्यस्तै लम्साललाई हरिहर विरही, तारानाथ दाहाल, कविर राणा लगायतको समर्थन छ । घिमिरेलाई रमेश तुफान, कुलचन्द्र वाग्ले, मुरारी शर्मा, रामप्रसाद दाहाललगायतको समर्थन छ ।

महासचिवमा लम्साल प्यानलबाट अजय शिवाकोटी उम्मेदवार बनेका छन् । सोही प्यानलमा उपमहासचिवमा राखिएका लिलाराज खनालले अस्वीकार गर्दै आफू महासचिवकै उम्मेदवार रहेको प्रष्ट पारेका छन् ।

लम्साल प्यानलबाट कोषाध्यक्षको उम्मेदवार तोकिएका सरोजराज अधिकारीले पनि आफू महासचिवकै उम्मेदवार रहेको प्रष्ट पारेका छन् ।

सबैभन्दा बढी उम्मदेवार सचिव र खुला केन्द्रीय सदस्यमा देखिएका छन् । सचिवमा खिला कार्की, सूर्यकुमार क्षेत्री, सलोजा दाहाल, शिव देवकोटा, प्रेम केसी, देवेन्द्र वर्मालगायत एक दर्जनको नाम चर्चामा छ ।

त्यस्तै खुला केन्द्रीय सदस्यमा पत्रकार माधव धिताल, नयाँ पत्रिकाका भुवन शर्मा, दोलखाका नागरिक संवाददाता रमेश खतिवडा, देशान्तरका निरज खतिवडा, इमेज टेलिभिजनका ठाकुर बेल्बासे, कारोबारकी राधिका ढकाल, एभिन्युजकी कल्पना आचार्य, नेपाल वानका पवन श्रेष्ठलगायत ४० जनाले उमेद्वारी घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment