Comments Add Comment

शोभित बस्नेत फ्लप, ‘मोक्ष’ले ५ लाख पनि कमाएन : सुनिल मानन्धर

sunil-manandhar
उसो त निर्माताहरु आफ्नो सिनेमा चुर्लुम्बै डुबेपनि लगानी उठाएको र राम्रो व्यापार गरेको भन्न पछि पर्दैनन् । तर, वितरक तथा निर्माता सुनिल मानन्धरले पनि आफूले बनाएको सिनेमा ‘मोक्ष’ पूर्णरुपमा असफल भएको बताएका छन् । सुनिलले आफूले बनाएको यो चलचित्रले देशभरैबाट ५ लाख पनि नकमाएको बताए ।

सिनेमा बनाएर खासै फाइदा छैन, मैले त्यत्रो आशा गरेको सिनेमाले ५ लाख पनि कमाएन के गर्नु, सुनिलले भने । यता, उनले निर्देशक शोभित बस्नेतलाई असफल भनिदिए । सुनिलले निर्देशक ऋषी न्यौपानेलाई फुर्काउँदै भने, अब सुरुमा नारायण पुरी सबैभन्दा धेरै फिल्म बनाउने निर्देशक थिए । पछि शोभित बस्नेत निस्किए । उनी अब लगभग फ्लप भैसकेका छन् । अब धेरै फिल्म बनाउने निर्देशक न्यौपाने नै हुन् ।

सार्वजनिक कार्यक्रममा नबोल्ने तर बोलेपछि सबैको पोल खोल्न माहिर छन् वितरक मानन्धर । अब शोभित बस्नेतले सुनिलल फ्लप भनेको कुरालाई कसरी लिने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment