Comments Add Comment

दिउसो १७ अंकले बढेको नेप्से बजार बन्दहुँदा ९ अंकले घट्यो

२५ भदौ काठमाडौं ।  बुधबार नेप्सेमा व्यापक उत्तार-चढाब भएको छ । पहिलो सत्रमा १७ अंकले बढेर ९३७ अंक पुगेको नेप्से बजार बन्द हुँदा ९ अंकले घटेर ९१० अंकमा झरेको छ ।

दिउसो सवा एकबजेसम्म आक्रमकरुपमा बढेको सेयर बजार त्यसयता सवा दुई बजेसम्म आक्रमकरुमा घट्यो । सवा दुई बजेदेखि तीन बजेसम्म बजारको घटाई स्थिर जस्तै रहृयो । दिउसो बजार १२ अंकले घटेर ९०८ अंकसम्म झरेको थियो ।

दिउसो १२:२५ मा नेप्से १३ अंकले बढेर परिसूचक ९ सय ३३ अंकमा पुगेको छ । हरेक दिन नेप्सेमा १२ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुन्छ ।
मंगलबार नेप्से ४४.५० अंकले बढेको थियो । त्यसअघिका दुई सता नेप्से निरन्तर घटेको थियो ।

बुधरबार बजार बढ्न थालेपछि ब्रोकरहरुले ठूलदा लगानीकर्तासँग मिलेर नियोजितरुपमा घटाएको नियामक निकाय र साना लगानीकर्ताले आरोप लगाएका छन् । ‘ब्रोकर र ठूला लगानीकर्ता मिलेर एक बजेनै नाफा बुक गरेकाले बजार घटेको हो’ धितोपत्र बोर्डका एक अधिकारीले अनलाइनखबरसँग भने -जसले साना लगानीकर्ता मारमा परेका छन् ।

थप जोखिम लिने आँट नभएपछि सेयर बजारमा नाफा बुक गर्ने चलन छ ।

बुधबार १ सय ४१ कम्पनीका ८ लाख ५२ हजार कित्ता सेयर ४६ करोड रुपैयाँमा कारोबार भयो ।

यो दिन बैंकिङ समूहको सूचक १२ अंकले घटेको छ । यो समूहको मात्रै २८ करोड ९२ लाख रुपैयाको कारोबार भयो । त्यसैगरी जलविद्युत समूहको ७५ अंकले, बीमा समूहको २५ अंकले, उत्पादनमूलक क्षेत्रको सूचक १३ अंकले, विकास बैंक समूहको ०.९४ अंकले घटेको छ ।

त्यसैगरी होटल समूहको सूचक ३ अंकले बढेको छ भने वित्त कम्पनी समूहको ३ अंकले र अन्य समूहको ५ अंकले बढेको छ ।

मंगलबार नेप्सेमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीबी नेपालले सरकार सेयर बजारप्रति गंभिर भएकाले लगानीकर्तालाई नडराई लगानी गर्न आग्रह गरेका थिए ।

त्यसैगरी धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले पनि नेप्सेको गिरावटमा चलखेल हुनसक्ने भन्दै लगानीकर्तालाई नडराई लगानी गर्न आग्रह गरेका थिए ।
सरकारी निकायको आग्रहसँगै नेप्सेमा भारी अंकले बढे पनि ब्रोकरको बदमासीका कारण दोस्रो सत्रमा बजार घटेको हो ।

भदौ ४ गने नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयरमा लागनीसम्बन्धी परिपत्र जारी गरेपछि सेयर खेलाडीहरुले त्यसको अपव्याख्या गर्दै सेयर घटाउन चलखेल गरेको विश्लेषकहरुले बताउँदै आएका छन् ।

के भन्छन विश्लेषक ?

सेयर विश्लेषक रविन्द्र भट्टराई सरकारी निकायको मंगलबारको अभिव्यक्तिको प्रभाव सेयर बजारमा परेको बताउँछन् ।
‘दुई सय अंकको करेक्सन भइसकेको अवस्थामा कम्पनीहरुको सेयर मुल्य सस्तो भएकाले लगानीकर्ता आकषिर्त भएको देखियो’ भट्टराईले अनलाइनखबरसँग भने -लगानीकर्ताले कम्पनी छानेर सेयर किन्न सके राम्रो कमाउन सक्छन् । त्यसबाहेक सेयर बढ्नुको कारण नभएको उनले बताए ।

त्यसैगरी विश्लेषक अमृतनाथ रेग्मी सरकारी निकायले सरकारी निकायको अाश्वासनसँगै सेयर बजार बढेको बढेको बताउँछन । त्यसो त नेप्सेमा सूचिकृत सबै कम्पनीहरूको गत वर्षको वित्तीय विवरण सार्वजानिक भइसकेकाले कम्पनीहरूले वितरण गर्ने लाभांसले सेयरमा प्रभाव पार्ने उनको तर्क छ ।

‘लगानीकर्ताहरु नगद लाभांसमा भन्दा बोनस सेयरमा आकर्षण छ’ रेग्मीले भने -कम्पनीहरुले बोनस सेयर दिने अपेक्षामा सेयर बढेको हुन सक्छ ।

एभरेष्ट बैंकले ५० प्रतिशत नगद लाभांस र १२ प्रतिशत मात्रै बोनस सेयर दिएकाले नेप्सेमा निरासा आएको उनको तर्क छ ।  एभरेष्टको घोषणाले लगानीकर्तालाई निरास बनाएको थियो तर स्टान्डर्ड चार्टड, एसबिआई, इन्भेष्टमेन्टलगायत ठूला बैंकहरुले अपेक्षित बोसन सेयर दिए भने बजारको वृद्धिले निरन्तरता पाउने उनले बताए ।

एक दुई वटा वाणिज्य बैंकबाहेक सबै नाफामा हुनु, १०/१२ वटा विकास बैंकको नाफाको वृद्धिदर निकै राम्रो हुनु र केही फाइनान्स कम्पनीको नाफा पनि राम्रो भएकाले बजार बढ्ने अनुमान सहजै गर्न सकिने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment