Comments Add Comment

नौ विद्यार्थीले पाए चौधरी समूहको ज्ञानोदय छात्रवृत्ति

Gyanodaya

२६ भदौ काठमाडौं । नौ जना विद्यार्थीलाई व्यावसायिक घराना चौधरी समूहले ज्ञानोदय छात्रवृत्ति प्रदान गरेको छ ।

सिजि फुड्स नेपाल प्रालिले बिहीबार सैंवु गाविसभित्र बसोवास गर्ने एवम् कारखानामा कार्यरत कर्मचारीका छोराछोरीमध्ये सरकारी र निजी विद्यालयबाट कक्षा पाँंच र २०७० सालको एसएलसी परीक्षामा उत्कृष्ट हुने जेहेन्दार विध्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।

कक्षा पाँचतर्फ जनउदय माविका कानन्दु रोकाया, त्रिलोचन एकेडमीकी आर्य रिसाल, आदर्श शौल उच्च माविका असमान राई, दीपकुञ्ज ममाविकी उपासना हमाल र कारखानातर्फ श्रेयस दाहालले छात्रवृत्ति पाएका छन् ।

त्यसैगरी एसएलसीतर्फ आदर्श शौल उच्चख माविका प्रबल तिवारी, दिनेश पहेली, माउण्ट मकालु माविकी रक्षा खड्का र अभिषेक थापा र कारखानाबाट सरिक्षा श्रेष्ठले छात्रवृत्ति पाए ।

समूहकी बरिष्ठ महाप्रबन्धक एके व्दिवेदीको सभापतित्वमा आयोजित कार्यक्रममा उनीहरुलाई छात्रवृत्तिको घोषणा गरिएको हो । कार्य रामभक्त केसी प्रमुख अतिथि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment