+
+
Shares

तातोपानी भन्सार हुँदै सामान नआएपछि मूल्य बढयो

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३ गते १८:५७

३ असोज, मेलम्ची । नेपालीहरूको महान् चाड दसैँ तिहार नजिकिँदै गर्दा सिन्धुपाल्चोक जिल्लाको पश्चिमी क्षेत्रमा रहेको मुख्य केन्द्र मेलम्ची बजारमा अहिले निकै चहलपहल बढेको छ ।

वैदेशिक रोजगारीका लागि विदेशिएका युवायुवतीको आगमनले अहिले थप उत्साह थपिनुका साथै आर्थिक गतिविधिमा वृद्धि भए पनि मूल्यवृद्धिको मार खेपिरहनुपरेको स्थानीय प्रकाश दाहालले बताए ।

उनका अनुसार गत साउन ११ गते राम्चेको जुरेमा गएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएपछि चीनको तिब्बतबाट तातोपानी भन्सार हुँदै आउने मालसामान आउन नसकेपछि मूल्यवृद्धि अकासिएको हो । गत वर्षको तुलनामा यस वर्ष थप मूल्यवृद्धि भएको छ ।

चाडबाडको बेला मूल्यवृद्धि भइरहँदा पनि सरकारले कुनै चासो नदेखाएकोप्रति स्थानीय आक्रोसित भएका स्थानीय बासिन्दा प्रहृलाद चालिसेले बताए ।

सिन्धुपाल्चोकको पश्चिम क्षेत्रमा अवस्थित बजारहरूमध्ये मेलम्ची मुख्य बजार हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?