Comments Add Comment

बाढी पहिरो पीडितलाई नेपाली जनसम्पर्क समितिको सहयोग

टोक्यो । नेपाली जनसम्पर्क समिति जापानले देशको बिभिन्न भागमा आएको बाढी र पहिरोले पीडित परिवारको लागि ६ लाख ८३ हजार जापानिज येन सहयोग गरेको छ ।

नेपाली जनसम्पर्क समिति जापानको कार्य समितिको पहलबाट जापानस्थित बिभिन्न पेशामा तथा संगठनमा आबद्धहरूबाट सहयोग रकम संकलन गरेको हो । जनसम्पर्क समिति जापानका सभापति नारायण सुबेदीले सकलित रकमलाई कांग्रेस केन्द्रीय कार्यलयको बाढी पीडित सहयोग समितिको नाम मा रहेको नेपाल बैंक कुपोण्डोलको चल्ती खाता नं. ०१३५-११-००१००७५ मा जम्मा गरेको छ ।

कांग्रेसमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी जापानस्थित नेपाली राजदूताबासमा एक कार्यक्रमक आयोजना गरी संकलित रकम राजदूत मदनकुमार भट्टराईलाई हस्तान्तरण गरिएको छ ।

राजदुत डा. भट्टराईले कम नेपाल पठाउन सिटी एक्स्प्रेस मनी ट्रान्स्फरका अध्यक्ष तथा नेपाली जनसम्पर्क समिति जापानका पूर्वसभापति कांग्रेसका महासमिति सदस्य महेशकुमार श्रेष्ठ लाई हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment