+
+

दसैंमा भरत सिटौलाको नयाँ भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १० गते १०:५३

BharaT-sitaula
काठमाडौ । गायक भरत सिटौलाले दसैंलाई लक्षित गरेर नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

‘कुन फूल होला’ बोलको म्युजिक भिडयोमा मोडल निलु खड्काले अभिनयमा साथ दिएकी छिन् ।

गायक सिटौलाको आफ्नै संगीतमा तयार भएको यस एल्बममा डा. बदि्र पोख्रेलको शब्द रहेको  छ । शैलेन्द्र प्रधान ‘बाबु’ले संगीत संयोजन गरेका छन् । सिटौलाले यसअघि ल्याएको गीत ‘म अनि तिमी’लाई दर्शकले रुचाएका थिए ।

नयाँ म्युजिक भिडियो ‘कुन फूल होला’ले राम्रो सफलता पाउने विश्वास सिटौलाले गरेका छन् । जीवन थापाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई भिज्युल इफेक्टको प्रयोगले अझ स्तरिय बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?