+
+
Shares

नयाँ अनुहारको ‘होस्टेल रिटन्स’

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १३ गते ११:३४

hostel-returns
दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘होस्टेल रिटन्स’को आज काठमाण्डौको कमलादीस्थित गणेशथान मन्दिरमा शुभसाइत गरिएको छ । निर्माता सुनिल रावल र निर्देशक सुरज भुषालले संयुक्त रुपमा क्ल्याप हानेर सिनेमाको शुभसाइत गरेका हुन् ।

चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, निर्मल शर्मा, सुदाम सीके, प्रदिपकुमार चौधरी, इभास जोशी, रमेश श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ । असोज २१ गतेबाट चलचित्रको छायांकन बुटवलमा सुरु गरिने निर्माणपक्षले जानकारी दिएको छ । निर्माता सुनिल रावलले नयाँ कलाकार लिएर पनि सिनेमालाई उत्कृष्ट बनाउने दाबी गरे ।

कार्यक्रममा सिनेमा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधीदेखि निर्देशकहरुले शुभकामना दिएका थिए । चन्द्र पन्तको एक्सन, स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माको संगीत रहने यो सिनेमाले होस्टेलको जीवनशैली, प्रेम, विछोड र मित्रताको कथालाई पर्दामा देखाउन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?