Comments Add Comment

मेरै कारण हेप्पी न्यु इयर हिट हुन्छः शाहरुख

Sharukh-Khan
मुम्बई । अभिनेता शाहरुख खानले प्रदर्शोन्मुख फिल्म ‘हेप्पी न्यु इयर’ सुपर हिट हने दाबी गरेका छन् । २४ अक्टोवरमा रिलिज हुने यो फिल्ममा शाहरुखले मुख्य भुमिका निर्वाह गरेका छन् ।

‘यो वर्ष रिलिज हुने मध्ये हेप्पी न्यु इयर मेरै कारण सुपरहिट हुन्छ । यसमा कुनै शंका छैन ।’ एजेन्सीसंग कुरा गर्दै उनले भनेका छन् । शाहरुखको यो अभिब्यक्ति सार्वजनिक भएसंगै उनको ओभर कन्पिmडेन्स बढेको विषयमा समेत चर्चा सुरु भएको छ ।

बलिउडमा एकछत्र राज गरिरहेका शाहरुखले अहिलेसम्म आफुले कुनै पनि फिल्म निर्माणका विषयमा तनाब नलिएको बताए । हरेक फिल्ममा काम गर्नु अघि त्यसको विषयबस्तु हेरेर काम गर्ने धारणा राख्ने शाहरुखले ‘हेप्पी न्यु इयर’ आम दर्शकलाइ मनपर्ने फिल्म भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment