Comments Add Comment

एक वर्षमा सवा दुई अर्बको फलफुल आयात

frut

१८ असोज, काठमाडौं । फुलफुलमा नेपालको भारतसँ परनिर्भरता बढ्दै गइरहेको छ । भारतबाट नेपाल भित्रिँदै आएको फलफुल गत आर्थिक वर्षमा ७३ प्रतिशतले बढेको छ ।

कृषि प्रधान मुलुक भएपनि नेपालमा फलफुलको उत्पादन घट्दै जान थालेको र खाने मुखको संख्या बढ्दै जाँदा आयात हृवात्तै बढ्न गएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा नेपालमा दुई अर्ब २५ करोड ५५ लाख रुपैयाँ बराबरको फलफुल आयात भएको छ ।

आर्थिक वर्ष ०६९/७० मा भारतबाट एक अर्ब ३० करोड ५१ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको थियो । जुन आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ५२.२ प्रतिशतले बढी थियो ।

आर्थिक वर्ष ०६८/०७९ मा ८५ करोड ७६ लाख रुपैयाँको मात्र फलफुल आयात भएको थियो । राष्ट्रबैंकको तथ्यांक हेर्दा भारतबाट नेपाल भित्रिने स्याउको परिमाण बढ्दै गइरहेको देखिन्छ ।

यसमा चीनबाट आयात हुँदै आएको फलफुलको गणना गरिएको छैन् । चीनको खासा हुँदै तातोपानी नाकाबाट दैनिक २/३ कन्टेनर स्याउ नेपाल भित्रिने गरेको व्यवसायी बताउँछन् ।

भारतबाट खासगरी स्याउ, आँप, केरा, कटहर लगायतका फलफुलहरु नेपाल भित्रिने गरेको छ ।

त्यसो त नेपालीहरुको खाने परिपाटीमा भएको परिवर्तनले पनि आयात बढाएको हुन सक्छ । आयस्रोतमा भएको वृद्धिसँगै नेपालीहरु फलफुलको उपभोग बढाउँदै लगेका छन् ।

नेपालमा चाडपर्वको बेलामा फलफुलको माग बढ्ने गर्छ भने जुसको लागि समेत फलफुलको प्रयोग हुने हुँदा फलफुलको आयात बढ्न थालेको व्यवसायीहरुको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment