Comments Add Comment

डोटीको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २९ पुग्यो

२१ असोज, डोटी । डोटीको छतिवनमा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

दुर्घटनामा २७ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा ६४ जना घाइते भएका छन् ।

घाइतेको कैलाली र नेपालगञ्जका साथै भारतमा समेत उपचार भइरहेको छ ।

डोटीको जोरायलबाट धनगढीका लागि छुटेको ना ३ ख ५७०७ नम्बरको बस छतिवन गाविस ५ कट्कटे भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment