Comments Add Comment

देउवाको सम्मानमा लण्डन दूतावासमा दिवाभोज

लण्डन । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासमा दिवाभोजको आयोजना गरिएको छ ।

शनिवार आयोजित दिवाभोजमा कार्यक्रममा बेलायतको नेपाली समुदायका अगुवा दुई दर्जन व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कांग्रेस नेता देउवाको साथमा देउवापत्नी सभासद डा. आरजु देउवाको समेत थिइन् । कार्यक्रममा दशैंको शुभकामना आदान प्रदान गर्नुका साथै बेलायतको नेपाली समुदायसंग समबन्धित विभिन्न विषयमा छलफल पनि भएको थियो ।

दिवाभोजका क्रममा भएको छलफलमा बोल्दै कांग्रेस वरिष्ठ नेता देउवाले नयाँ संविधान बन्न नसक्दा मुलुकले गति लिन नसकेकोले समयमै ंसंविधान बन्ने विश्वास व्यक्त गरे ।

संघीयताबाहेका अन्य विषयमा सहमति भइसकेको उनले प्रष्ट्याए ।  एनआरएनलाई विशेष नागरिकता दिने सहमतिमा राजनीतिक अधिकार नरहने देउवाले बताए ।

कार्यक्रममा देउवा पत्नी तथा सभासद डा. आरजु देउवाले तोकिएको समयभित्र संविधान जारी हुनेमा आफू विश्वस्त रहेको बताइन् । उनी संविधान मस्यौदा समितिको सदस्य समेत हुन् ।

नेतृ आरजुले प्रवासी नेपालीको हदोहोरो नागरिकताको हकमा राष्ट्रपति, प्रधानमन्त्री, सेनाप्रमुख, प्रधानन्याधिस तथा संघीय राज्य प्रमुख जस्ता महत्वपूर्ण राजनीतिक पदबाहेकका अधिकारको प्रत्याभूतिका पक्षमा आफू रहेको बताइन् ।

छलफलमा भाग लिंदै एनआरएन युकेका अध्यक्ष महेन्द्र कण्डेलले समुन्द्रपारी छरिएर रहेका दश लाख बढी नेपालीहरुबीच आइपर्ने समस्यालाईे सम्बोधन गर्न परराष्ट्र मन्त्रालयको थप प्रभावकारी प्रभावकारी भुमिकाको आवश्यकता औंल्याए ।

आवश्यक संयन्त्र र निकायहरुको विकास गरेमात्रै आफना नागरिकहरुप्रति थप संवेदनशिल वातावरणको निर्माण हुन सक्ने अध्यक्ष कण्डेलले सुझाव दिए ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिंखडाले देशमा जारी संविधान निर्माणको प्रक्रिया समयमै टुंगिने सम्भावना, एनआरएनलार्इ दिने भनिएको दोहोरो नागरिकता र उनीहरुको मतदान गर्न पाउने अधिकार लगायतका विषयमा जिज्ञासा राखे ।

नेपलीज महिला एशोसिएसन युकेकी अध्यक्ष आरती श्रेष्ठले गलत ठाउंमा गलत विषय उठाउन उचित नहुने र यसले नेपालका राजनीतिक दलका नेताहरुलाई गलत सन्देश जाने विचार व्यक्त गरे ।

उक्त दिवाभोजमा एनआरएन आईसीसीका विश्वआदर्श पण्डित, कुल आचार्य, समाजसेवी डा. राघव धिताल लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो । कार्यक्रममा एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठी, कोषाध्यक्ष ठाकुर शर्मा लगायतले देउवासंग विभिन्न जिज्ञासा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment