Comments Add Comment

स्पेनमा देउसी भट्याउन थालिसके नेपाली

बसन्त रानाभाट 

10003389_357762064399369_2247411568685097082_n२३ असोज, बार्सिलोना । बडादसैंको बिदाईसँगै स्पेनवासी नेपालीहरुले तिहारको झल्को पनि पाईसकेका छन्। गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति स्पेनले आयोजना गरेको कार्यक्रममा कलाकारहरुले देउसीभैलो भट्याउँदा दर्शकहरु रमाएका हुन् ।

नेपाली कलाकार मन्च स्पेनले आफ्नो बिशेष प्रस्तुतिको रुपमा देउसी भैलो गीत प्रस्तुत गरेको हो। एनआरएनए स्पेनले हरेक बर्ष बडादसैं र तिहारलाई समेटेर आयोजना गर्दै आएको कार्यक्रम यसपटक एकातिर दशैको बिदाई थियो भने अर्को तर्फ गीत संगीतले तिहारको स्वागत गरेको देखिन्थ्यो ।

10395827_357761884399387_4354467912162055464_nस्पेनमा रहेकी ७४ बर्षिय प्रेमकुमारी भुसालले टीका जमरा लगाई आशिर्बाद दिदै शुरु भएको सामुहिक टीका जमारा लगाउने कार्यक्रमले स्वदेशको झल्को आईरहेको भान हुन्थ्यो । अर्कोतर्फ बिनोद कटुवालले मुरलीको धुनलाई दशैको मंगल धुनमा परिणत गर्दा दशैले बिदाई गरिसकेको हो जस्तो लाग्दैनथ्यो।

ूबाटो हेरे हुन्छ है घरमा यस पालिको दशै र तिहारमा भन्दैू कलाकार अजय लोप्चन र दीपा गुरुङ छमछमी नाँचे । सात जना बालबालिकाहरुले रास्ट्रिय गीत गाउदै कार्यक्रमको शुरुवात गरेका थिए। कार्यक्रममा कलाकारहरु, भुवन अछामी, पेम्बा छोटी गोले शेर्पा, तुलसी शिवाकोटी, निरिया अवाले, सोनिया खत्री, रबिन कडेल, किरण ढुंगाना, अस्मिता लामिछाने, करुणा लामिछाने लगायतले आफ्नो आफ्नो प्रस्तुतिहरु राख्दै कार्यक्रमलाई संगीतमय बनाए ।

1958299_357781407730768_1612131741092863495_nयसअघि शुरु भएको औपचारिक कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली कन्सुलर लुईस बिल्बिसले गरेका थिए। संघका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका सल्लाहकार पुष्पराज तिमिल्सिना, अन्तरास्ट्रिय समन्वय समितिका सदस्य दीपक खरेललगायत स्पेनस्थित संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

नेपाली सेल रोटी लगायत नेपाली स्वादको खाना अनि कार्यक्रमले चाडबाडमा सामुहिक जमघट गराई दिदा सहभागिहरु हौसिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment