Comments Add Comment

रारामा बढे पर्यटक

rara-1२३ असोज, मुगु । मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो ताल रारामा बाह्य भन्दा आन्तरिक पर्यटकको आगमनमा उल्लेखनीय बृद्धि हुन थालेको छ । सवारी साधनको सुविधा पुगेपछि र  ताल्चा विमानस्थल कालोपत्रे भएपछि पर्यटकको आगमनमा बृद्धि भएको हो ।

विगतमा नियमितरुपमा उडान नहुनु र सजिलै टिकट पनि नपाउने समस्याले रारामा आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या थियो । तर मुगुको सदरमुकाम गमगढीसम्म सुर्खेतबाट सवारी साधन चल्न थालेपछि आन्तरिक पर्यटक बढेको बताउछन् भिजीट कर्णालीका प्रवन्ध निर्देशक राजु कार्की । उनी भन्छन्, ‘अहिले रारा मात्र नभएर कणर्ालीमा पनि दिनहुजसो उडान भैरहेकोले रारा ताल अवलोकन गर्ने पर्यटक बढेका छन् ।’ अबको पर्यटकीय गन्तब्य पश्चिम नेपाल हुने उनले दावी समेत गरे । ‘तर यस्का लागि राज्यले हवाई उडान नियमित गराउन पहल गरिदिनुपर्छ,’ कार्कीले भने ।

रारा राष्ट्रिय निकुन्जको तथ्यांक अनुसार हाल महिनामा ४० जनाको हाराहारीमा आन्तरिक पर्यटक ताल अवलोकन गर्न आउने गरेका छन् । विगतमा १०-१५ जना पर्यटक पनि मुस्कीलले पुग्ने गरेका थिए । रारा राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत भोगेन्द्र रायमाझीले नेपाली पर्यटकको संख्या विगतको भन्दा पनि बढ्दै गएको बताए । यद्यपी आन्तरिक पर्यटकको तथ्यांक भने निकुञ्जले राख्ने गरेका छैन । ‘नेपालीहरु कती आउछन् भनेर खासै तथ्यांक नराखेका कारण एकीन भन्न त सकिन्न तर महिनामा ४० जनाको हाराहारीमा आन्तरिक पर्यटकहरु रारा तालमा हेर्न आउँछन्,’ रारा राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत रायमाझीले भने ।

रारामा बिशेष गरी विद्यार्थीहरु, अनुसन्धानकर्ता, कर्मचारीहरु, एनजीयो आईएन्जीयोका कर्मचारीहरु छुट्टी मनाउन आउने गरेका छन् । तर पछिल्लो समयमा बैंकका कर्मचारीहरुको समेत आगमनमा बृद्धि भएको छ ।गएको आर्थिक बर्षमा १ सय ६५ जना विदेशी पर्यटकको आगमन भएको थियो भने त्यो भन्दा अघिल्लो आर्थिक बर्षमा १ सय ४५ जनाले अवलोकन गरेका थिए । चालू आर्थिक बर्षमा पर्यटकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

रारा राष्ट्रिय निकुन्ज भित्र बास बस्नका लागि एक मात्र होटल छ भने अर्को होटल निर्माणाधिन छ । रारामा अहिले पर्यटकका रुचि अनुसार बोटीङको समेत ब्यवस्था गरिएको छ ।

रारालाई लक्षित गरी जुम्ला, खप्तड, हुम्ला, हुदै रारातालसम्म पुग्ने पदमार्ग बनेको छ । स्थानीय पर्यटन व्यवसायीहरुले मुगु कर्णालीदेखी चिसापानीसम्म पनि र्‍याफटिडको सम्भावना औंल्याएका छन् । यसबाट पनि आन्तरिक तथा वाह्य पर्यटक भित्राउन सकिने सम्भावना छ । रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाईमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment