२३ असोज, काठमाडौं । लामो समयपछि खुलेको व्यवस्थापिका संसदको बैठकको सून्य समयमा बोल्ने सभासदहरुले आ आफ्ना जिल्लाका समस्या र जनताका गुनासाहरु राखेका छन् ।
सून्य समयमा बोलेका कुरालाई सरकारले सून्यमै उडाएको भन्दै उनीहरुले सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने माग गरेका छन् । बिहीबारको सून्य समयमा बोल्दै कांग्रेस सभासद रामहरी खतिवडाले ठेकेदारहरुको खर्चमा केही सभासदले मलेसिया भ्रमण गरेकोमा आपत्ति जनाउदै मलेसिया घुम्ने सभासदहरुको कटाक्ष गरे ।
उनले सभामुखले संविधान निर्माण नसकी विदेश नजान गरको आग्रह लत्याउदै निर्माण व्यवसायी महासंघको खर्चमा अर्थ समितिका सभासदहरु विदेश भ्रमणमा गएको बताए । ‘निर्माण व्यवसायीको खर्चमा सिंगापुर र मलेसिया घुम्ने केही सभासदका कारण हामी सबै सभासदको नाक काटिएको छ’ उनले भने ।
कांग्रेसकै अर्का सभासद ललितजंग शाहीले सून्य समयमा सभासदले बोलेका कुरालाई मन्त्रीहरुले एक कानले सुनेर अर्को कानले उडाउने गरेको बताए ।
एमाले सभासद रामवीर मानन्धर र रामेश्वर फुयालले मुलुकको राजधानीको भौतिक पुर्वाधारको अवस्था दयनीय भएको भन्दै काठमाडौंका सडक र खानेपानी लाइन व्यवस्थित गर्न माग गरे ।
प्रतिक्रिया 4