Comments Add Comment

एमाले सभासदको कोटमा नयाँ लोगो थपियो

२३ असोज, काठमाडौं । नेकपा एमालेका सभासदहरुले अब सांसदको लोगोसँगै चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डाको लोगो समेत कोटमा लगाउनुपर्ने भएको छ ।

Uml-savasd-logoएमाले संसदीय दलको बुधबारको बैठकमा दलका नेता केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राष्ट्रिय झण्डाको लोगो लगाइदिएर यसको आरम्भ गरेका हुन् । राष्ट्रियता संकटमा परेको र मुलुकको चिनारी सिध्याउन बिभिन्न शक्ति संगठित रुपमै लागेको भन्दै एमालेले राष्ट्रियता प्रवर्द्धन गर्न झण्डाको लोगो लगाउने निर्णय गरेको हो ।

तत्काललाई सभासदबाट शुरु भएको यो अभियान एमालेका सिंगो पार्टी पंक्तिमा पनि लागु हुने एमाले सभासद रामेश्वर फुयालले बताए ।

उनले पार्टीका अघिल्लो राष्ट्रिय प्रतिनिधि परिषद बैठकमा एमालेका सबै औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

ढिलै भए पनि आफ्नो प्रस्ताव संसदीय दलबाट कार्यन्वयनमा आएको सभासद फुयालले बताए । ‘कम्युनिस्ट पार्टीको झण्डा र अन्तर्राष्ट्रिय गीतसँगै राष्ट्रिय झण्डा र राष्ट्रिय गीत पनि प्रयोग हुनुपर्छ भन्ने मेरो प्रस्ताव कार्यान्वयनमा आएको छ’ काठमाडौं क्षेत्र नम्बर ३ का सभासद फुयालले भने ।

हिमाल, पहाड र तराईको एकता अझ बलियो बनाउन एमालेले राष्ट्रिय झण्डाको लोगो सभासदलाई वितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment