Comments Add Comment

प्रधानमन्त्री र सम्वाद समितिका सभापति भट्टराईबीच भेटवार्ता

२३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधान निर्माणबारे छलफल भएको छ ।

भेटमा एमाओवादी नेता समेत रहेका सभापति भट्टराईले संविधानका विवादित विषयमासहमतिका लागि प्रयास गरिरहेको बताए । उनले दलहरुले आ आफ्नो अढान दोहोर्‍याउनुभन्दा सबैलाई मान्य हुने प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले तोकिएको समयसीमाभित्र संविधान जारी गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

दलहरुबीच संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment