मुम्बई । पत्नी गौरी खानको ४४ औं जन्मदिनको अवसरमा अभिनेता शाहरुख खानले भब्य पार्टी दिएका छन् । पार्टी भने सञ्जय कपुरको घरमा आयोजना गरिएको थियो ।
पार्टीमा करिष्मा कपुर, सोनाक्षी सिन्हा, अर्जुन कपुर, ह्याप्पी न्यु इयरका निर्देशक फराह खान लगायत थुप्रै सेलीब्रेटीको उपस्थिती थियो । सन १९९१ मा बिबाह गरेका शाहरुख र गौरीका दुई छोरा र एक छोरी छन् । बलिउडमा यो जोडीलाइ आदर्श जोडीका रुपमा हेर्ने गरिन्छ ।
श्रीमतिको जन्मोत्सबमा आयोजित कार्यक्रममा पनि शाहरुखले प्रदशोन्मुख फिल्म ह्याप्पी न्यु इयरको प्रचार गर्न भ्याए । उनले अधिकांश समय ह्याप्पी न्यु इयरकै कुरा गरेर बिताए ।
२४ अक्टोबरमा रिलिज हुने यस फिल्ममा दिपिका पादुकोण, अभिषेक बच्चन, वोमन इरानी लगायतका कलाकारले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4