Comments Add Comment

पत्रकार भट्टराई मेन्टल हेल्थ जर्नालिजम अवार्डबाट सम्मानित

Benup-Bhattarai२४ असोज, काठमाडौं । पत्रकार बेनुपराज भट्टराई नेपाल मेन्टल हेल्थ फाउन्डेसनले प्रदान गर्ने ‘मेन्टल हेल्थ जर्नालिजम अवार्ड-२०१४’ बाट सम्मानित हुने भएका छन् । फाउन्डेसनले दरबारमार्गमा रहेको होटेल अन्नपूर्णमा एक कार्यक्रम आयोजना गरी शुक्रबार दिउँसो सम्मान प्रदान गर्नेभएको छ ।

मानसिक स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार सम्प्रेषण गरेवापत भट्टराईलाई सम्मान गर्न लागिएको फाउन्डेसनले जनाएको छ । डेढ दशक लामो पत्रकारिता अनुभव भएका भट्टराईले यस वर्ष मानसिक स्वास्थ्यसम्बन्धि उत्कृष्ट रिपोर्टिङ गरेको फाउन्डेसनको ठहर छ । भट्टराई नागरिक दैनिकमा आबद्ध छन् ।

सो अवार्डकाे राशि २५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र छ । चार वर्षदेखि दिइँदै आएको सो अवार्डबाट पत्रकारहरु ओमआस्था राई, लक्ष्मी महर्जन र भीम घिमिरे सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment