Comments Add Comment

नेपाल सेसाइटी अमेरिकाको सभापति जीवन तिवारी

जीवन तिवारी
जीवन तिवारी

भर्जिनिया । उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटीको अध्यक्ष्यमा जीवन तिवारी निर्बिरोध निर्वाचित भएका छन् । नेपालको लागि अमेरिकाका पूर्व राजदुत एल्स्वर्थ बंकर प्रथम मानार्थ सभापति रहेको उक्त संस्था बंकर भियतनाम युद्धमा व्यस्त भएको समयमा १९६७ मा वाशिंगटन डिसीमा नेपाली समुदायको लागि स्थापना गरिएको हो ।

निर्बिरोध निर्वाचित भएका तिवारी नेपाल कास्की घर भै हाल एक दशकदेखि अमेरिकाको मनासस सहरमा बसोबास गर्दै आएका छन् । उनले अमेरिका नेपाल समाजको बिभिन्न पदमा काम गरि प्रथम उपाध्यक्ष्यबाट आफ्नो उम्मेदवारी दिएका हुन् । र ,सात सदस्यीय समितिमा एक महिलाको प्रतिनिधित्व सहित सबै पदका उम्मेदवारहरु निर्बिरोध निर्वाचित भएका छन् ।

निर्बिरोध निर्वाचित भएका तिवारीले बिध्यार्थिहरुलाई समुदाय मार्फत निःशुल्क नेपाली भाषा सिकाउने, हाजिरी जवाफ प्रतियोगिता, छात्रवृत्ति,खेलकुद, संबिधानको लेखन समयमा हुनु पर्ने जस्ता महत्वपूर्ण कुराहरुमा आवाज उठाउनुको साथै नेपालको पर्यटन क्षेत्रको विकासको लागि काम गर्ने भनि सार्बजनिक रुपमा प्रतिबद्धता जाहेर गरेका थिए  ।

सबै वर्गलाई समेट्दै नेपाली समुदायलाई स्थापित गर्ने आफ्नो लक्ष्य भएको बताउदै आफ्नो समिति राम्रो भएकोमा खुशी ब्यक्त गर्दै समुदायलाई धन्यबाद दिएका छन् । अक्टोबर १९ तारिखका दिन निर्वाचनको मिति राखिएको भएता पनि निर्बिरोध निर्वाचित भएकोले सोहि दिन हस्तान्तरण कार्यक्रम हुने भएको छ ।

२०१४ -२०१६ सम्मको उक्त समितिमा जीवन तिवारी अध्यक्ष, चन्द्र बराल प्रथम उपाध्यक्ष, थलबहादुर चन्द द्वितीय उपाध्यक्ष, प्रेम प्रसाद पौडेल महासचिब, रामभक्त अधिकारी सचिव, यशोधा भण्डारी कोषाध्यक्ष तथा पत्रकार सुजित अर्याल संचार संयोजकमा निर्बिरोध निर्वाचित भएका छन् ।

विजय थापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment