Comments Add Comment

जन्मठाउँमा गुञ्जिए रामकृष्ण ढकाल

Ramkrishna-Dhakal
काठमाडौं । गायक रामकृष्ण ढकालले आफु हुर्किएको ठाउँ चितवनमा सांगीतिक साँझको आयोजना गरेका छन् । गायनको शिलसिलामा काठमाडौंमा बस्नु परेकाले चितवनका दर्शक विच गुञ्जिन पाएका थिएनन् ‘आफु हुर्किएको ठाउँका दर्शकका विचमा गाउँन पाउँदा निकै आनन्द आयो ।’ अनलाइनखबरसंग कुरा गर्दै ढकालले भने ।

सेढाई होल्डिङस र दाताज इभेन्ट मेनेजमेन्टले ब्यबस्थापनमा गरेको ‘ढकाल सुमधुर साँझ’मा उनले आफ्ना विभिन्न कालखण्डका चर्चित गीत प्रस्तुत गरे ।

कार्यक्रमको सुरुवात रिमा गुरुङ होडाले ‘कसको आँखा लाग्यो …बोलको गीतवाट भएको थियो । रीमाले केही गीत गाएपछि स्टेजमा प्रस्तुत भएका ढकालले कालीप्रसाद रिजालद्धारा लिखित बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् गाए ।

पहाडको छुकछुके रेल…मलाई यो जीन्दगीले…मन पराउने हजार भेटिन्छन लगायतका गीत गाएपछि भने लता मंगेशकरसँग गाएको अर्को चर्चित गीत बाचुन्जेलीलाईमा स्वर दिए । उक्त गीतमा ढकाललाई साथ दिएकी थिइन् छोरी रानी ढकालले । बाबु र छोरीको गीत धेरै दर्शकले रुचाए ।

कार्यक्रममा हाँस्य कलाकार सन्दिप क्षेत्री पनि सहभागी थिए । गीतको वीचमा प्रस्तुत गरिएको सन्दिपको प्रहसन हेरेर दर्शक पेट मिची मिची हाँसे । भैरहवा नेपालगञ्ज, धनगढीपछि चितवनमा प्रस्तुत भएका ढकाल आगामी दिनमा पूर्वका शहरमा प्रस्तुत हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment