Comments Add Comment

फोर्ड कुगा नेपाली बजारमा, मूल्य ९० लाख

Ford-Kuga

२६ असोज, काठमाडौं । प्रख्यात अमेरिकन कार निर्माता कम्पनी फोर्डको पि्रमियम लक्जरी गाडी ‘फोर्ड कुगा’ नेपाली बजारमा भित्रिएको छ । फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता गो अटोमोबाइल्सले उक्त गाडी नेपाल भित्राएको हो ।

एसयुभी सेगमेन्टको यस गाडीको मूल्य नेपाली बजारमा ९० लाख रुपैयाँ तोकिएको छ । गो अटोमोबाइल्सले गत वर्ष पनि ३ वटा कुगा गाडी नेपाली बजारमा भित्राएको थियो । विश्वभर उच्च माग रहेको दाबी गरिएको यस गाडी कम्पनीले प्रयाप्त मात्रामा उपलब्ध गराउन नसक्दा विचमा नेपाल आउन नसकेको गो अटोमोबाइल्सका सहायक महाप्रबन्धक सुनील क्षेत्रीले बताए ।

यसपटक भित्री तथा बाहिरी बनावटमा केही परिवर्तन भएर कुगा बजारमा आएको क्षेत्रीले अनलाइनखबरसँग बताए । अघिल्लो पटक भन्दा यस पटक कुगाको लाइटहरु थप आकर्षक रहेका छन् । पि्रमिय कारका पारखीहरुलाई लक्षित गरेर कुगा बजारमा ल्याइएको उनको भनाई छ ।

कुगा २५२१ सीसीको पेट्रोल इञ्जिनयूक्त गाडी हो । यस गाडीमा क्रुज कन्ट्रोल प्रणाली, भ्वाइस कमान्ड, स्पोर्टी लुक, बलियो इञ्जिन, तीनवटा एयर ब्याग, ब्लाइन्ड स्पट इन्फरमेशन सिष्टम, पाँच जना सजिलै बस्न सक्ने लगायतका सुविधाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment