Comments Add Comment

६० लाख नेपाली भोकमरीको चपेटामा

३० असोज, काठमाडौं । कृषिप्रधान देश नेपालमा ६० लाख जनता खाद्यान्न अभावको मारमा परेका छन् ।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार विश्वभर १ करोड भन्दा धेरै मानिस भोकमरीको चपेटामा छन् । तीमध्ये झण्डै ५० प्रतिशत नेपाली रहेको तथ्य सार्बजनिक भएको हो ।

नेपालका ३६ जिल्लामा बसोवास गर्दै आएका करिब २४ प्रतिशत नागरिक खाद्यान्न उपभोग गर्नबाट बञ्चित छन् । ३४ औं विश्व खाद्य दिवसको सन्दर्भमा राजधानीमा आयोजित कार्यक्रममा सहभागीले नेपालमा भोकमरीको अवस्थाबारे जानकारी दिएका हुन् ।

खाद्यान्न राम्रै उत्पादन हुने गरे पनि त्यसलाई सन्तुलित रुपमा प्रयोग नगर्दा नेपालीहरु भोकमरीको चपेटामा पर्ने गरेको सरोकारवाला बताउछन् । ‘खाद्यान्न उत्पादनको अवस्था कमजोर नभए पनि सन्तुलित तरिकाले प्रयोग नगर्दा नेपालमा समस्या आएको छ,’ विश्व खाद्य दिवस समिति नेपालका निर्देशक डा. हरिबाबु तिवारीले भने ।

सरकारले सन् २०२५ सम्ममा नेपाललाई भोकमरीमुक्त राष्ट्र बनाउने लक्ष्य लिएको छ ।

सन् १९७९ मा संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि संगठनको २० औं सम्मेलनले प्रत्येक बर्ष अक्टोबर महिनाको १६ तारिखका दिन खाद्य दिवस मनाउने निर्णय गरेको थियो ।

विश्वको खाद्य समस्यालाई एकताबद्ध रुपमा सम्वोधन गर्ने उद्देश्यले हरेक वर्ष विश्व खाद्य दिवस मनाउने गरिन्छ ।

नेपालमा भने २०३८ सालदेखि विश्व खाद्य दिवस मनाउन शुरु गरिएको थियो । ३४ औं विश्व खाद्य दिवस विहीबार ‘पारिवारिक खेतीः सबैलाई खुवाऔं पृथ्वीलाई जोगाऔं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment