Comments Add Comment

गंगामायाको स्वास्थ्यप्रति राष्ट्रसंघका आवासीय प्रतिनिधिको चासो

३० असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि जेमी मार्कगोल्डरिकले गंगामायाको स्वास्थ्यबारे चासो देखाएका छन् ।

उनले बिहीबार वीर अस्पतालमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अधिकारी लामो समयदेखि आमरण अनसनमा छिन् । गंगामायाको अवस्था गम्भीर छ ।

अनसनकै क्रममा उनका पती नन्दप्रसादको निधन भइसकेको छ ।

राष्ट्रसंघका आवासीय प्रतिनिधि मार्कगोल्डरिकले द्वन्द्वपीडितहरुलाई न्याय दिन सरकार र सरोकारबालाहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment