Comments Add Comment

प्रहरी नयाँ पोशाकमा

Nepal Police३१ असोज, काठमाडौ । काठमाडौ उपत्यका भित्रका प्रहरीहरू शुक्रवारबाट नयाँ पोशाकमा देखिएका छन् । सडकमा निलो पोशाकमा देखिएका अरु कुनै सुरक्षा निकाय नभई नेपाल प्रहरी हुन् ।  अहिलेका चुस्ता (कम्ब्याक्ट ड्रेस) नागरिक-मैत्री नभएको भन्दै शुक्रवारबाट नयाँ पोशाक प्रयोगमा ल्याइएको हो ।

नेपाल प्रहरीको ५९ औं प्रहरी दिवसको अवसर पारेर काठमाडौ उपत्यका भित्र तीन जिल्लामा शुक्रबारदेखि नयाँ पोशाक प्रयोगमा ल्याएको हो । जनतासँग प्रत्यक्ष काम गर्नुपर्दा नागरिकमैत्री हुनुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ पोशाक कार्यान्वयनमा ल्याएको हो ।

पहिलो चरणमा काठमाडौ, ललितपुर र भक्तपुरमा नयाँ पोशाक लागू गरिएको छ भने उपत्यका बाहिरको जिल्लामा भने विस्तारै नयाँ पोशाक लागू गरिने प्रहरी प्रवक्ता माधव जोशीले जानकारी दिए । गण र गुल्ममा काम गर्ने प्रहरीका लागि भने पुरानै कम्ब्याक्ट पोशाक प्रयोग गरिने जोशीले बताए ।

नेपाल प्रहरीमा दुई किसिमका पोशाक प्रयोगमा थिए । प्रहरीले वर्किङ् ड्रेस गाढा निलो रंग र प्रहरी अपरेशनको क्रममा निलो कम्ब्याक्ट पोशाक लगाउने गरेका थिए ।

नेपाल प्रहरीले ५९ औं प्रहरी दिवसको अवसरमा शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम आयोजना गरेको छ । गृहमन्त्री बामदेव गौतम चीन गएको कारण कार्यक्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे उपस्थित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment