Comments Add Comment

वैज्ञानिकले बनाए ‘हावा छाता’, अब हावाले नै दिनेछ ओत

umbrella1अब छाताको छानो कत्रो छ ?  एउटा कतिजना सम्मलाई ओत देला ? कतै च्यातिएको पो छ की ? चुहिन्छ की ? भनेर चिन्ता लिनु नपर्ने भएको छ । वैज्ञानिकहरुले यस्तो छाताको आविष्कार गरेका छन् जो छोटो लठ्ठी जस्तै छ र सोही लठ्ठीले जस्तोसुकै झरीमा पनि जिउमा एकथोपा पानी पर्न दिनेछैन र पूर्ण रुपमा ओत लगाउनेछ ।

चिनिया वैज्ञानिकहरुले बनाएको उक्त छातालाई ‘एयर अम्ब्रेला’ अर्थात् हावा छाता नाम दिइएको छ । यसको नाम जस्तै काम पनि छ । किनकी यसमा पानी तर्काउन वा ओत दिनका लागि कुनै चिजवस्तुको प्रयोग गरिएको छैन ।

हेयर ड्रायर आकारको एक प्लास्टिकको छडी भएको यो छाताले ३ गोलाकार क्षेत्र भित्र ओत प्रदान गर्न सक्छ ।
चीनको बेइजिङ तथा नान्जिङका विद्यार्थी शोधकर्ताहरुले यस्तो अत्याधुनिक छाताको आविष्कार गरेका छन् ।

अदृश्य हावाको छानोयुक्त यो छाताको माथिल्लो भागमा तिब्र गतिमा सबैतर्फ हावा फ्याँक्ने प्रविधि जडान गरिएको छ । हावा यति तिब्र गतिले सबैतर्फ फ्याँकिन्छ की आकाशबाट झरेको पानीलाई हावाले नै टाढा हुत्याइदिन्छ, ३ फिट परसम्म । अनि सो लठ्ठीमुनि कम्तिमा पनि दुइ जनाले ढुक्कले ओत पाउँछन् ।

umbrella2

यस्तो अनौठो छाताको आविष्कारकहरुले अर्को वर्षको अन्त्यसम्ममा यसको व्यवसायिक उत्पादन सुरु हुने अपेक्षा गरेका छन् । यो छाता निकै हलुका समेत हुनेछ । यसको माथिल्लो भागमा रहेको पंखा चलाउनका लागि ब्याट्रीको प्रयोग गरिएको छ । जुन एकपटक चार्ज गरेपछि १५ मिनेटदेखि आधा घण्टासम्म चल्नेछ ।

अर्थात् यो छाता एक पटकमा अधिकतम आधा घण्टासम्म मात्रा ओड्न सकिनेछ र त्यसपछि चार्ज नगरिएसम्म यसले काम गर्दैछ । त्यसैले यो छाता लामो यात्रामा भन्दा छोटो समयका लागि घर बाहिर निस्कँदा वा सहरी बटुवाका लागि उपयुक्त हुने बताइएको छ ।

यो छाताले पानीका थोपालाई हुत्याउने हुँदा अरु मानिसलाई रुझाउने सम्भावना हुन्छ । त्यसैले यो छाता ओढ्ने मानिसले निकै ख्याल गर्नुपर्ने हुन्छ ।

यसका आविष्कारकहरु भने वषर्ातको समयमा छाता नओढ्ने मानिस त्यसैपनि रुझ्ने हुँदा यो छाता ओढेका मानिसले आफ्नो छाताका कारण अरु मानिस रुझ्लान भनेर चिन्ता नलिनुपर्ने बताउँछन् । यो छाताले फ्याँक्ने पानीलाई परम्परागत छाताले अवश्य पनि तर्काइदिन्छ । बिजनेस इनसाइडरबाट

umbrella3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment