२ कात्तिक, काठमाडौं । संविधानसभाको बैठक आइतबार बस्दैछ । बैठकमा संविधानसभा अन्तरगतको संवैधानिक राजनीति सम्वाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ ।
संविधानसभा भवन नयाबानेश्वरमा बस्ने बैठकमा गत शुक्रबार सम्वाद समितिले बुझाएको अपुरो प्रतिवेेदनमा छलफल गर्ने कार्यसूची छ । संविधानका विवादमा सहमति जुटाउन र सहमति नभए प्रश्नावली बनाउन भन्दै दोस्रो पटक थप गरिएको समय शुक्रबार सकिएपछि सहमतिको प्रकृया जारी रहेको भन्दै सम्वाद समितिले अपुरो प्रतिबेदन संविधानसभालाई बुझाएको थियो ।
प्रतिवेदनमा छलफल पश्चात संविधानसभाले पुन: समय थप गर्दै प्रतिवेदन समितिमा नै फर्काउने तयारी गरिरहेको बुझिएको छ । तर समय थपको औपचारिक निर्णय भने संविधानसभाले गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4