Comments Add Comment

नेपाली बजारमा भित्रियो भिवा फाइवर बोर्ड, १५ लाखमा होलिडे होम निर्माण

२ कात्तिक, काठमाडौं । अखिल ट्रेडिङ कन्सर्नले काठको धुलो र सिमेन्टको मिश्रणबाट बनेका फाइबर बोर्डहरु नेपाली बजारमा भित्राएको छ । कम्पनीले थाइल्यान्डको भिवा इन्डष्ट्रिजमा उत्पादित बोर्डहरु नेपाल भित्राएको हो ।

Viva-Board-Homeघर तथा अफिसका वालहरु निर्माणमा प्रयोग हुने बोर्डहरु अत्यन्त हुलुका, वाटर प्रुफ, साउन्ड प्रुफ तथा फायर प्रुफ रहेको कम्पनीको दाबी छ । जुन कारण भिवा बोर्डहरु भवन भित्र तथा बाहिर दुबैमा प्रयोग गर्न सकिन्छ ।

मल्टीयुज हुने यी बोर्डहरु वातावरणमैत्री रहेको बताइएको छ । यी बोर्डबाट घर तथा भवनहरु कम मूल्यमा निर्माण गर्न सकिने अखिल ट्रेडिङका अध्यक्ष अखिल कुमार चापागाईंले बताए ।

बोर्डहरु हलुका भएको हुँदा भवन तथा घरमा चाप कम पर्ने छ । अखिल ट्रेडिङले ग्राहकहरुको मागअनुसार घरहरु आफै निर्माण गरिदिने बताएको छ । चापागाईंका अनुसार जग्गा बाहेक वान बेडरुम भएको घर करिव १२ लाख, २ बेडरुम १५/१६ लाख रुपैयाँसम्ममा निर्माण गरिन्छ ।

कम्पनीले नगरकोटको धुलीखेलमा ५० वटा होली डे होमहरु निर्माण गर्ने काम पाएको चापागाईंले बताए । उक्त घरहरु निर्माण गर्ने कुरा भइरहेको बताउँदै उनले छिट्टै सम्झौता गरेर निर्माण कार्य सुरु गर्ने जानकारी दिए ।

यसको अलवा कम्पनीले बोर्डमात्र खरिद गर्न चाहाने ग्राहकहरुलाई बोर्डमात्र पनि उपलब्ध गराउन सक्ने बताएको छ । विश्व बजारमा ग्राहकहरुको राम्रो मायाँ पाएको फाइवर बोर्डले नेपालमा पनि आफ्नो उपस्थिती दरिलो बनाउने विश्वास चापागाईंले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment