+
+
Shares

इन्फा अवार्डले नेपाली चलचित्रलाई हङकङमा स्थापित गर्छः दीपक श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २ गते ११:५२

Deepak-shrestha
तीन दर्जन चलचित्र निर्देशन गरेका दीपक श्रेष्ठ ब्यबयायिक रुपमा सफल निर्देशक मध्येका एक हुन् । पछिल्लो समय फिल्म निर्देशनमा सुस्ताएका श्रेष्ठ आगामी दिनमा मौलिक फिल्म बनाउने तयारीमा छन् । त्यो भन्दा पनि एउटा सभ्य र भब्य अवार्ड गरेर नेपाली कलाकर्मीलाई प्रोत्साहित गर्ने अभियानमा छन् ।
२६ अक्टोबरमा हङकङमा ‘इन्फा अवार्ड’ गर्ने तयारीमा रहेका श्रेष्ठ यो अवार्डले नेपाली चलचित्रलाई विश्व बजारमा स्थापित गर्ने दाबी गर्छन् ।
हङकङमा रहेका नेपालीहरुले नेपाली चलचित्रलाई माया गर्दै आएको बुझेका श्रेष्ठ अवार्ड सम्पन्न भएपछि नेपाली चलचित्रप्रति हङकङवासी अझै बढी सकारात्मक हुने उनको बुझाइ छ । भन्छन ‘हङकङमा बस्नुहुने ७० हजार नेपाली दाजुभाई दिदी बहिनी अब हाम्रो चलचित्रसँग झन नजिक हुनुहुने छ ।’
योजना बनाउनै चार महिना
अवार्डलाई सभ्य र भब्य बनाउन चार महिना बढी त योजना बनाएरै बित्यो । श्रेष्ठ भन्छन ‘नेपाल र हङकङ दुबै देशमा बस्ने साथीहरु मिलेर योजना बनायौं, उताका साथीहरुले निकै सहयोग गर्नुभयो ।’
हरेक काम गर्दा योजनाबद्ध ढंगले अघि बढ्नुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ सामुहिक प्रयासकै कारण अवार्ड सोचे जस्तै सफल हुने बताउँछन् ।
एअरपोर्टमै स्वागत
अवार्ड कार्यक्रममा सहभागी हुन हङकङ जाने कलाकारले हङकङको भुमिलाइ पराइ देशको अनुभुति गर्नुपर्ने छैन । श्रेष्ठको भनाइ अनुसार आयोजक संस्था र हङकङमा बस्ने नेपालीहरुले एअरपोर्टमै उनीहरुलाई भब्य स्वागत गर्नेछन् ।
कुन होटलको कति नम्बर कोठामा को कलाकार बस्ने हो ? त्यहाँ जाने कलाकार र प्राबिधिकले काठमाडौमै सबै जानकारी पाउनेछन् ।
हङकङमा रहेको भब्य इन्टरनेशनल हलमा कार्यक्रम हुने भएकाले अवार्ड समारोहले अझ प्रतिष्ठा कमाउने उनको बिश्वास छ ।
भीआइपीलाई अतिथी
हङकङमा रहेका सरकारी कार्यालय लगायत अन्य कुटनीतिक नियोगमा रहेका भिआइपीहरुलाई अवार्ड आयोजकले अतिथिका रुपमा निम्ता गरेका छन् ।
कुटनीतिक समुदायलाई नेपाली सिनेमा उद्योगले गरेको प्रगतिबारे जानकारी दिने र नेपाली चलचित्रकर्मीसंग साक्षत्कार गराउने उनको योजना छ ।
दुबै अवार्ड सफल हुनुपर्छ
हरेक शुक्रवार नयाँ फिल्म रिलिज गर्ने निर्माता संघको नियम अहिले पनि जारी छ । कुनै हप्ता एउटै शहरमा तीनवटासम्म नेपाली फिल्म रिलिज हुन्थ्यो । यस्तो अवस्थामा श्रेष्ठ भन्ने गर्थे ‘हामी जुधेर होइन मिलेर जानुपर्छ ।’
अहिले अवार्ड पनि त्यस्तै भएको छ । नेफ्टा अवार्ड भएको साता नबित्दै इन्फा अवार्ड हुने पक्का भएको छ । अवार्डको मिति नजिक नजिक पर्नुलाई संयोग मान्ने श्रेष्ठ दुबै अवार्ड सफल हुनुपर्ने मान्यता राख्छन । ‘यस्ता अवार्ड अझै धेरै हुनुपर्छ तर,सभ्य रुपमा ।’ उनले भने ।

मातृभाषी फिल्मलाई सम्मान
यो अवार्डले केबल ब्यबसायिक चलचित्रको मात्रै प्रवर्द्धनको कुरा नगर्ने श्रेष्ठ बताउँछन् । विभिन्न भाषाभाषीमा बनेका ९ फिल्मलाई सम्मान गर्ने योजनामा रहेको अवार्ड आयोजक संस्थाको हरेक हप्ता हङकङमा नेपाली फिल्म प्रदर्शनको चाँजोपाँचो मिलाउने योजना पनि बनाएको छ ।
‘हप्तामा एउटा मात्रै नेपाली फिल्म हङकङमा चलाउन सक्यौं भने धेरै निर्मातालाई राहत हुन्छ । जुन काम हामी सुरु गर्दैछौं ।’ श्रेष्ठले भने ।
सबैलाई खुसी असम्भव
हरेक अवार्ड सम्पन्न भए लगत्तै दुई खाले प्रतिक्रिया सार्वजनिक हुन्छन । पाउनेहरु खुसी हुन्छन् भने नपाउने दुखी । हरेक मान्छेलाई खुसी बनाउन कसैले पनि नसक्ने धारणा राख्ने श्रेष्ठ आफुहरु न्यायोचित लाग्नुपर्ने बताउँछन् ।
नोमिनेशनमा परेका पाँचैजना राम्रा भएपनि अवार्ड एकजनाले मात्रै पाउने भएकाले नपाउने चारजना दुखी हुनु स्वभाविक हो जस्तो लाग्छ उनलाई ।’अवार्ड भनेकै त्यहि राम्रा ५ मध्ये पनि एकजनाले पाउँछन् ।’ उनले भने ।
नपाउनेले चित्त दुखेको प्रतिक्रिया दिंदैमा त्यस्ता भनाइलाई अवार्डप्रतिको बितृष्णाको रुपमा नबुझन आग्रह गरे उनले । जुनुसुकै देशमा हुने अवार्डमा पनि गुनासो हुन्छ भन्नेमा सहमति जनाउने श्रष्ठले त्यसअर्थमा नेपाली कलाकार सन्तोषी भएको बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?