Comments Add Comment

कोरियामा प्रदर्शन हुँदै कोहिनुर

kohinoor-sri-krishna-shrestha
कोरिया । श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम फिल्म ‘कोहीनुर’ दक्षिण कोरीयामा प्रदर्शन हुने भएको छ । आकाश अधिकारीको निर्देशनमा बनेको उक्त चलचित्रमा श्रीकृष्ण र श्वेता खड्काले मुख्य भुमिका निर्वाह गरेका छन् ।
काठमाडौंमा फिल्म चलेको दोस्रो दिन अभिनेता श्रेष्ठको भारतको गंगाराम अस्पतालमा बोन क्यान्सरवाट निधन भएको थियो । बिबाहपछि हनिमुन मनाउन भारतको सिमला गएका श्रीकृष्ण बिसञ्चो भएपछि अस्पताल भर्ना भएका थिए भने उतै उनको निधन भएको थियो ।
दक्षिण कोरियामा रहेको मेची महाकाली युनाईटेडले फिल्म प्रदर्शन गर्न लागेको अध्यक्ष नविन कार्कीले जानाकारी दिए । कोरीयमा रहेका नेपाली दर्शकलाइ फिल्म देखाउने योजनामा आयोजक संस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment