२ कात्तिक काठमाडौं । संगीतकार बिजु बज्रको उपचारका लागि संगीतकार संघ नेपालले सहयोगको अपील गरेको छ ।
हृदयघात भएका कारण उनले कोरोनरी रक्तनलीलाई एन्जियोप्लास्ष्टी गरेर सुचारु गर्नु पर्ने भएको छ ।
‘४ गते दोस्रो पटक एन्जियोप्लास्ष्टी गर्ने तय भएको छ’ संगीतकार समाजका अध्यक्ष लक्ष्मण शेषले अनलाइनखबरसँग भने-‘केही आर्थिक सहयोग होस् भनेर अपील गरेका हौं ।’
झण्डै एक महिनाअघि हृदयघात भएपछि एन्जियोप्लास्ष्टी गरेर रक्तनली सुचारु गरिएको थियो । चिकित्सकहरुले ४ गते गंगालाल हृदयरोग केन्द्र, बाँसबारीमा दोस्रो एन्जियोप्लास्ष्टीको समय तोकेका छन् ।
संगीतकार संघले सिटिजन बैंकको खाता नम्बर ००१००१०००१७५३ CA सहयोग रकम मा जम्मा गर्न अपील गरेको छ ।
हाल उनी घरमै आराम गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4