Comments Add Comment

महिन्द्राले भित्रायो नयाँ पुस्ताको ‘स्कारपियो’

Mahindra Scorpio (2)

३ कात्तिक, काठमाडौं । भारतीय गाडी निर्माता महिन्द्रा एन्ड महिन्द्राले लोकप्रिय स्कारपियो गाडीको नयाँ भर्सन नेपाली बजारमा बिक्रि सुरु गरेको छ ।

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटले सोमबार एक कार्यक्रमबीच नयाँ स्कारपियो सार्वजनिक गर्‍यो । अपग्रेडेड भर्सनमा आएको नयाँ स्कारपियो ‘एस टु’, ‘एस फोर’ र ‘एस टेन’ गरी तीन भेरियन्टमा उपलब्ध छ ।

तीनवटै मोडलहरु टु हृविल र फोर हृविल ड्राइभमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । नेपाली बजारमा नयाँ स्कारपियोकाे मूल्य भेरियन्ट अनुसार फरक-फरक रहेकाे छ ।

कम्पनीकी पुष्पा खतिवडाका अनुसार एस टुको मूल्य ३५ लाख ७५ हजार, एस फाेरकाे ३८ लाख ५० हजार र एस टेनकाे ५१ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

Mahindra Scorpio (6)

नेपालमा तत्कालका लागि टु हृविल ड्राइभमा मात्र नयाँ स्कारपियो उपलब्ध हुने बताइएको छ । नयाँ स्कारपियो आकर्षक डिजाइनमा उपलब्ध छ भने सुबिधाहरु पनि थप गरिएका छन् । एसयुभी सेगमेन्टको यो गाडी नेपालमा सिल्भर, हृवाईट, रेड र ब्लू कलरमा उपलब्ध हुने छ ।

गाडी सार्वजनिक गर्दै अग्नी इन्कर्पोरेटका म्यानेजिङ डाइरेक्टर क्याविनेट श्रेष्ठले नयाँ डिजाइन, आकर्षक भित्री सजावट, थप सेवा सुविधाहरु, पछिल्लो विकसित प्रविधि प्रयोग गरिएको नयाँ स्कारपियोले नेपाली उपभोक्ताको मन जित्ने बिश्वास ब्यक्त गरे ।

Mahindra Scorpio (7)

श्रेष्ठका अनुसार पछिल्लो १०/१२ वर्षदेखि स्कारपियोले नेपाली बजारमा यही रेञ्जको गाडीमा आफुलाई नम्बर वान पोजिसनमा उपस्थित गराउन सफल भएको छ ।

कम्पनीले सन् २००२ मा पहिलाेपटक नेपाली बजारमा स्कारपियाे सार्वजनिक गरेकाे थियाे । सन् २००७ देखि एसयूभी सेगमेन्टका गाडीमा स्कारपियाे सबैभन्दा बढी पपुलर गाडीका रूपमा रहँदै अाएकाे छ ।

नक्सालमा शो-रुम विस्तार

अग्नीले नक्सालमा अत्याधुनिक शो-रुम विस्तार गरेको छ । शो-रुमको कम्पनीका म्यानेजिङ डाइरेक्टर क्याविनेट श्रेष्ठ र निर्देशक अर्जुन शर्माले उद्घाटन गरे ।

यस शो-रुममा बिभिन्न मोडलका महिन्द्रा गाडीहरु उपलब्ध हुने बताइएको छ ।

Mahindra Scorpio (4)  Mahindra Scorpio (8)

Mahindra Scorpio (3) Mahindra Scorpio (1)तस्वीर : श्रीधर पाैडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment