Comments Add Comment

तीन उद्योगलाई सवा आठ करोड जरिवाना

Nepali money४ कात्तिक रौतहट  ।  जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका एक हजार १५९ बिघा ९ कठ्ठामा लगाइएको धानबाली उद्योगको दूषित रसायनबाट क्षति भएको भन्दै तीन उद्योगबाट ८ करोड २२ लाख रुपैयाा क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको छ ।

 गत साउन २९ गते आएको बाढीसँगै रौतहटका श्रीराम सुगर मिल गरुडा, बाबा डिस्टिलरी विर्ता र ज्योति डिस्टिलरी पिपरा पोखरियाले भण्डारण गरेको दूषित रसायन बगाएपछि किसानको धानबाली नष्ट भएको थियो ।

वातावरण विभाग, कृषि मन्त्रालय र उद्योग मन्त्रालयको टोलीले दिएको प्रतिवेदनको आधारमा तीनवटा उद्योगको लापरबाहीका कारण रौतहटमा धानबाली, तरकारी, माछापालनलगायत अन्यबाली नष्ट भई सो रकम बराबरको क्षति भएकाले दोषीबाट असुलउपर गर्ने निर्णय गरिएको हो ।

वातावरण सरक्षण ऐन र नियमावलीबमोजिम दोषी श्री राम सुगर मिल गरुडाबाट करिव रु दुई करोड ९३ लाख, बाबा डिस्टिलरी विर्ताबाट रु एक करोड २२ लाख र ज्योति डिस्टिलरी पिपरा पोखरियाबाट रु चार करोड ६ लाख  किसानलाई क्षतिपूर्ति दिनुपर्ने आदेश भएको जिप्रका रौतहटले जनाएको छ ।

निर्णयप्रति चित्त नबुझे ३० दिनभित्रमा पुनरावेदनको म्याद समाप्त भएको ३० दिनभित्र पनि उद्योगले अटेर गरेर जरिवाना नतिरे निजहरूको जायजेथा रोक्का गरी लिलाम बिक्री गरी असुलसमेत गरिने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment