+
+
Shares

दीपिकापछि लुंगी डान्समा देखिइन सन्नी

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ५ गते ९:४१

sunny-lungi

मुम्बइ । पोर्न फिल्मलाई बिर्साउँदै बलिउडमा नयाँ इमेजका साथ स्थापित हुन कोसिस गरिरहेकी नायिका सन्नी लियोनी लुंगी डान्समा प्रस्तुत हुने भएकी छिन् ।
तेलुगु फिल्म ‘करेन्ट थीगा’ को एक आइटम गीतमा सन्नी लियोनीले लुंगी डान्स गरेकी छिन् ।
अघिल्लो वर्ष प्रदर्शन भएको फिल्म ‘चेन्नइ एक्सप्रेस’को दीपिका पादुकोणले लुंगी लगाएर डान्स गरेकी थिइन् ।
करेन्ट थीगाको यस गीतमा पनि सन्नी दिपिकाकै गेटअपमा प्रस्तुत भएकी छिन् । लुंगी मात्रै होइन उनले लगाएको बेल्ट र चश्मा समेत दीपिकाकै जस्तो भएको विभिन्न भारतीय समाचार संस्थाले उल्लेख गरेका छन् ।
यही गीतमा नाचेर सन्नीले डेढ करोड पारिश्रमिक लिएकी छिन् । उनले अभिनय गरेको फिल्म ‘रागीनि एमएमएस-२ रिलिज भएपछि आफ्नो पारिश्रमिक बढाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?