Comments Add Comment

पर्यटन बोर्डका कार्यकारी प्रमुख सुवास निरौलालाई निलम्बन गर्न लेखा समितिको निर्देशन

नविन अर्याल
५ कात्तिक, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डमा करोडौं रुपैयाँको अनियमितामा प्रत्यक्ष संलग्न देखिएको ठहर गर्दै बोर्डका कामु कार्यकारी प्रमुख सुवास निरौलालाई निलम्बन गर्न निर्देशन दिएको छ ।

लेखा समितिको बुधबार बसेको बैठकले निरौलालाई निलम्बन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

Suvash-Niraulaसुवास निरौलाले बोर्डमा सार्वजनिक खरिद कानुनको पालना नगर्ने, प्रमाण र औचित्यविना खरिद गर्ने, असम्बन्धित व्यक्तिलाई गैरकानुनी रुपमा भुक्तानी दिने, लेखाका विवरण सही र यथार्थ नराख्ने लगायतका क्रियाकलाप गरी आर्थिक कारोबारमा स्वच्छता, पारदर्शितामा, मितव्ययिता, जवाफदेहिता, औचित्यता र आर्थिक अनुशासनमा बेवास्ता गरेको समितिले ठहर गरेको छ ।

बैठकले अनियमितताका बारेमा छानविन गर्न गठित समिति र महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजुलाई समेत आधार बनाई थप अनुसन्धान गरेर आवश्यक कारवाही गर्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई दिने भएको छ ।

साथै, समितिले यससम्बन्धी कार्य प्रगति विवरण हरेक महिना समितिमा उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।

यसअघि निरौलालाई कारवाही गर्ने सम्बधमा कांग्रेस सभासदहरु सहमत नभएपछि गत सोमबारको बैठकले निर्णय लेख्न अलग्गै समिति गठन गरेको थियो ।

बोर्डमा आर्थिक अनियमितता सिर्जना हुनुमा उच्चपदस्थ पदाधिकारीहरु, बोर्डका अध्यक्ष र सदस्यहरुसमेत संलग्न रहेको देखिएकाले उनीहरुको आवश्यक अनुसन्धान गरी कारवाहीको लागि प्रकृया अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने समितिका सभापति जनार्दन शर्माले बताए ।

समितिले सुवास निरौलालाई तत्काल निलम्वन गरेर बोर्डको आवश्यक नियम संसोधन गरी खुल्ला प्रतिस्पर्धाबाट योग्य, दक्ष, सदाचारयुक्त, नैतिकवान र उच्च चरित्रवान व्यक्तिलाई तत्काल कार्यकारी प्रमुखमा नियुुक्त गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपाल पर्यटन बोर्डको आर्थिक विनियमावली, २०७० ले कतिपय अधिकार कार्यकारी प्रमुखलाई असीमितरुपमा दिएको र उक्त विनियमावलीमा भएका व्यवस्थाहरु सार्वजनिक खरीद ऐन, ०६३ र नियमावली ०६४ का प्रावधानसँग उचित तालमेल मिलेको नदेखिएको ठहर समितिले गरेको छ ।

समितिले बोर्डको स्वायत्ततासमेत कायम हुने तर सार्वजनिक खरीद कानून विपरीत नहुने गरी आर्थिक विनियमावलीमा संशोधन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित नेपाल पर्यटन बोर्ड, टान, एनएमएबीचको अन्तरसम्बन्ध, राजस्व बाडँफाड, खर्च प्रक्रिया, लेखापालन र लेखा परीक्षण प्रक्रियालाई स्वच्छ, पारदर्शी, जवाफदेहिता र उचित नियमनको व्यवस्था स्पष्ट हुनेगरी र राजस्व संकलन समेत आर्थिक ऐनबमोजिम हुनेगरी नीतिगत, कानूनी र कार्यविधिगत सुधार गर्न पनि लेखा समितिले निर्देशन दिएको छ ।

त्यसैगरी, पर्यटन क्षेत्रको वर्तमान र भावी आवश्यकतालाई दृष्टिगत गर्दै बोर्डलाई क्षेत्रगत, विषयगत समायोजन हुने गरी संगठन पुनसंरचना गर्न पनि समितिले निर्देशन दिएको छ ।

निराैलाका सम्बन्धित समचार

पर्यटन बोर्ड प्रकरण : के-के निर्णय गर्‍यो १९२औं कालो बैठकले !

पूर्व पर्यटनमन्त्री भन्छन- नीति नै नभएको बोर्डमा के-को नीतिगत भ्रष्टाचार ?

सभासदले पारे पूर्वसचिव घिमिरेलाई र्‍याखर्‍याख्ती, बोर्डमा भ्रष्टाचार भएको ठोकुवा

पर्यटन बोर्डमा यसरी भयो अनियमिता, छानविन रिपोर्ट लेखा समितिलाई

निरौलाले करोडौं भ्रष्टाचार गरेको छानविन समितिको निष्कर्ष

‘संकटमा पर्यटन बोर्ड, मिलन बिन्दु खोजौं’

फेरी सुरु भयो पर्यटन बोर्डको भ्रष्टाचार छानविन

पर्यटन बोर्डका कागजपत्र अख्तियारको नियन्त्रणमा

पर्यटन बोर्डको फाइल छानविन समितिले पाएन

सुवास निरौला कार्यालय प्रवेश गरेपछि पर्यटन व्यवसायी आक्रोसित

दलबलसहित सुवास निरौला कार्यालय प्रवेश

सुवास निरौलाको नियुक्ति सर्वोच्चबाट सदर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment