Comments Add Comment

श्रद्धाले गर्ने भइन आइटम डान्स

shradha-kapoor
मुम्बइ । अभिनेत्री श्रद्धा कपुरले पहिलो पटक आइटम डान्स गर्ने भएकी छिन् । आइटम डान्सको विषयमा श्रद्धा निकै उत्साहित छिन् । श्रद्धाले करण जौहरको नयाँ फिल्म ‘उंगली’ मा आइटम डान्स गर्न लागेकी हुन् । गीत निकै राम्रो भएको प्रतिक्रिया दिइन् उनले ।
‘नाच बसन्ती’ बोलको गीतमा नाच्न लागेकी श्रद्धा यस फिल्ममा आइटम डान्समै सिमित हुने भएकी छिन् । ‘उंगलीमा मेरो डान्स मात्रै हो अरु कुनै भुमिका छैन ।’ श्रद्धाले भनिन् ।
अन्य कलाकारहरुमा इमरान हासमी, कंगना रणाबत, रणदीप हुड्डा र सञ्जय दत्तको अभिनय रहने छ । आशिकी-२, एक भिलेन र हैदरमा काम गरेकी श्रद्धा पछिल्लो समयकी आशलाग्दी र ब्यस्त नायिका मानिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment