Comments Add Comment

दाङका होटल साँझ ७ बजेपछि बन्द

७ कात्तिक, घोराही । दाङमा स्थानिय प्रशासनले बेलुकी ७ बजेपछि होटल सञ्चालनमा रोक लगाएको छ । चाडपर्वको समयमा हुन सक्ने अपि्रय घटनालाई मध्यनजर गर्दै ७ बजे पछि होटलहरु सञ्चालनमा रोक लगाइएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक खिनुप्रसाद आचार्यले जानकारी दिए ।

मादक पदार्थ सेवन गरि धेरै होहल्ला र कुटपिटका घटना बढेपछि सर्वदलीय-सर्बपक्षिय बैठकबाट निर्णय नै गराएर सबै होटलहरुलाई ७ बजेपछि सन्चालनमा रोक लगाइएको हो ।

यसअघि जिल्लाका केही होटलहरु राती ११ बजेसम्म पनि सञ्चालन हुदै आएका थिए । साँझ ७ बजेपछि बन्द नगर्ने होटलहरुलाई प्रहरी आफै पुगेर बन्द गराउन लगाउने गरेको छ ।

यसैगरी राति ९ बजेपछि भैलो खेल्न नपाउने निर्णयलाई पनि कडाइका साथ पालना गराउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment