+
+
Shares

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ९ गते १६:५६

९ कात्तिक, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित अधेरी नारायणस्थानमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Okhaldhunga-Accident
दुर्घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय । तस्विर सौजन्य : तिर्थराज खनाल

मृत्यु हुनेमा ओखलढुङ्गा ठुलाछापका ४५ वर्षीय तेजबहादुर बस्नेत, उनकी श्रीमती ४० बर्षीया रामप्यारी बस्नेत, ४५ वर्षीय बेदे सार्की, मणिराम भट्टराई, सरीता खड्का, चोलेन्द्र खत्री, तुहीनी भट्टराई, २६ वर्षीया अप्सरा दाहाल र तलुवाका टिका बस्नेत रहेका छन् ।

दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र अप्सरा दाहालको उपचारको क्रममा मिसन अस्पताल ओखलढुङ्गामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
घाईतेहरुको ओखलढुङ्गा अस्पतालमा उपचार भईरहेको छ । घाईतेमध्ये २ जनाको अबस्था गम्भीर छ ।

आइतबार विहान साढे १० वजे निशङ्खेबाट सदरमुकाम तर्फ आउँदै गरेको बा ५ च ५८७५ नम्बरको जिप अनियन्त्रीत भई सडकबाट करीब २ सय मिटर तल खसेको थियो ।

दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?