Comments Add Comment

राजबल्लभको हलिउड फिल्म प्रर्दशनका लागि तयार

rajballav-koirala

काठमाडौ । राजबल्लभ कोइरालाले अभिनय गरेको हलिउड फिल्म ‘हाइवे टु धुम्पुस’ प्रदर्शनका लागि तयार भएको छ ।
अमेरिकामा भएको ‘हार्टल्याण्ड फिल्म फेष्टिवल’मा पि्रमियर गरिएको यस फिल्ममा राजबल्लभले विमान चालकको भुमिका निर्वाह गरेका छन् ।
रिक म्याक फारल्याण्ड निर्देशित यस फिल्मको धेरैजसो सुटिङ घान्द्रुकमा गरिएको छ । यस फिल्म सुटिङको सिलसिलामा अमेरिका गएका अभिनेता कोइराला त्यसपछि नेपाल फर्किएका छैनन् भने नेपाली फिल्मप्रति पनि उनले चासो दिएका छैनन् ।
हलिउड फिल्मका लागि मेहनत गरिरहेका कोइराला नेपाली फिल्म छानेर मात्रै खेल्ने योजनामा छन् । हाइवे टु धुम्पुस रिलिजपछि अन्य फिल्मवाट पनि काम पाउनेमा उनी आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment